संसदीय समिति बैठकमा गृहमन्त्री रवि लामिछाने #LIVE
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसदीय समितिको बैठकमा उपस्थित भएका छन् ।
बुधबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहभागी भएका हुन् ।
आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विषयसँगै लामिछाने जोडिएको सूर्यदर्शन सहकारीका विषयमा छलफल समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
समितिमा सूर्यदर्शन सहकारीका पीडितले निवेदन दिएका छन् ।
समितिको बैठकमा प्रहरी प्रमुख, गृहमन्त्रायलका सचिवको पनि उपस्थिति रहेको छ ।
अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।