चीनमा आईफोन १६ एआई सेवासहित हुने



काठमाडौं । विश्व प्रख्यात टेक कम्पनी एप्पलले आईफोन १६ को चिनियाँ संस्करणमा एआईसहितको सुविधा लञ्च गर्ने तयारी गरेको छ ।

ग्याजेट थ्रि सिक्स टिकाअनुसार एप्पल चिनियाँ प्रविधि कम्पनी बाइडुसँगको एआई सेवालाई आफ्नो फोनमा नै इन्टिग्रेट गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उक्त कम्पनीसँगको छलफलबाट एप्पलले बाइडुसँग उनीहरुको लार्ज ल्यांग्वेज मोडल (एलएलएम) र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) सेवालाई आफ्नो इकोसिस्टममा समावेश गर्ने तयारी रहेको जनाइएको छ ।

एप्पलले चीनमा सार्वजनिक हुने आफ्नो आइफोन १६, आइओएस १८ र म्याकओएस १५ बाट एआई जडित उपकरण ल्याउने तयारी रहेको बताइएको छ ।

यो बाहेक गत महिना मात्रै सार्वजनिक भएको एक रिपोर्टमा एप्पलले विश्वका अन्य क्षेत्रहरुका लागि भने गुगलको एआई जिमिनीलाई प्रयोग गरेर आफ्ना उपकरणहरु सार्वजनिक गर्ने तयारी रहेको बताइएको थियो ।


क्लिकमान्डु