सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय १५ रुपैयाँले कायम भएको छ ।


क्लिकमान्डु