परराष्ट्र मन्त्री श्रेष्ठ चीन भ्रमणमा सहभागी हुँदै



काठमाडौं । चीन विदेशमन्त्री वाङ यी को विशेष निमन्त्रणामा नेपालको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक चीन भ्रमण गर्ने भएका छन् ।

यो भ्रमण आगामी अप्रिल १ तारिखसम्म हुनेछ । परराष्ट्र मन्त्रालयले जारी गरेको बिज्ञप्ती अनुसार यो भ्रमणको क्रममा मन्त्री श्रेष्ठले चीनको परराष्ट्र मन्त्री एचईसँग द्विपक्षीय भेट गर्नेछन्।

मन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।


क्लिकमान्डु