रुसमा भएको आतंकवादी हमलामा कम्तीमा ६० जनाको मृत्यु



काठमाडौं । रुसस्थित एउटा कन्सर्ट हलमा हतियारधारीको एक समूहले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थियो । कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाएका थिए ।

भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए । आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए। आक्रमणकारीले जताततै पेट्रोल बम प्रहार गरेका कारण आगलागी भएको थियो ।

इराक र सिरियामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ ।


क्लिकमान्डु