डिडिसीले किसानको १ अर्ब बढी तिर्न बाँकी, १ अर्ब ३५ करोडको दुध स्टक



काठमाडौं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ ।

मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो । संस्थाले किसानको १ अर्ब १० करोड रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी छ । समयमा नै भुक्तानी नपाएको भन्दै निसानले आन्दोलन गर्दै आएका छन् ।

संस्थानले दुध किसानहरुले भुक्तानी नपाउनुको कारण पनि दुधबाट बनाएको मखन लगायत पाउडर दुध किसानले पाउने भुक्तानी भन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनाएको छ । काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दुध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताए ।

उनले पाउडर दुध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताए । उनले काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा रहेको उल्लेख गरे । उनले मुलुकभर गरी १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक रहेको दाबी गरे । उनले दुध बिक्रीको लागि बजार बिस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पु¥याउन नसकिएको बताए ।

उनले आयोजनासँग भएका मेसिनहरु जिर्ण भएकले पनि दुध प्रशोधनमा समस्या रहेको बताए । प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दुध मौज्दात हुँदा चालुपँजीको अभाव झेलिरहेको बताए । उनले पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताए । उनले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताए । उनले आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध भण्डारण गर्नसक्ने क्षमता रहेको बताए । उनले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको बताए ।

दुध संकलनको कार्य क्षेत्र काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवनमा हुने गरेको छ । जसमा २०६ सहकारी संस्था आवद्ध छन् । १ लाख घरधुरीबाट औसतमा दुध संकलन ६५ देखि ७० हजार लिटर हुने गरेको उनले बताए । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुन्छ ।

‘प्याकेट दुध बनाएर स्टोर गछौं । त्यसको डेढ लाख लिटर क्षमता छ । मखन स्टोर गर्नसक्ने क्षमता ३ सय मेट्रिक टन छ । पाउण्डर दुध स्टोर क्षमता ४ सय मेट्रिक टन छ । सरकारले निर्धारण गरेको दुग्धको खरिद मूल्य ६५ रुपैयाँ रहेको छ । बजार बिस्तारको ठूलो सम्भावना भएको क्षेत्र काठमाडौं उपत्यका हो । प्राप्त बिक्रीको गर्ने क्षेत्र हुँदा पनि सबै ठाउँमा पु¥याउन सकेका छैनौं’ उनले भने, ‘पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको छ । राजनीतिक हस्तक्षेप भइराख्ने गरेको छ । दुध किसानहरुले भुक्तानी नपाउनुको कारण दुग्धबाट बनाएको मखन लगायत वस्तुहरु किसानले पाउने भुक्तानी भन्दा बढी मूल्यको मौज्दात हुनु हो । आजसम्म काठमाडौं,हेटौडा,लुम्बीनी,नेपालगञ्ज,विराटनगर,धनगढी,चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी पाउडर र १ हजार १५.५ मेट्रिक टन स्टक रहेको छ । मखन ७ लाख ६७ हजार १४४ केजी,७६७.१ मेट्रिक टन मौज्दात छ । काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा छ । एक अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक दुग्ध विकास संस्थानसँग छ ।’

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दुध संकलनको कार्य क्षेत्र काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दुध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुने गरेको छ ।


क्लिकमान्डु