निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउन आवश्यक: उद्योगमन्त्री



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली सिमेन्ट मुलुकभित्रै अधिकतम प्रयोग गर्ने बाटोमा सरकार अघि बढेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपालमा उत्पादित सिमेन्ट निर्यातलाई अझै व्यवस्थित गर्न बनाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।

गत आर्थिक वर्षको बजेटमा पनि नेपालमा उत्पादित सिमेन्टलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए । उनले निर्माण पूर्वाधारमा डिजेल किनेर प्रयोग गर्नुको सट्टा सिमेन्टको प्रयोग बढाउन आवश्यक रहेको बताए ।

उनले नेपालको निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउन आवश्यक रहेको पनि बताए ।

मन्त्री भण्डारीले अहिलेको व्यापार असन्तुलन र आयातमुखी व्यापार घाटाका चाङहरुलाई हटाउनुपर्ने आवश्यकता रहेको बताए । उनले व्यापार सन्तुलनका लागि सिमेन्ट क्षेत्र आवश्यक रहेको बताए ।

उनले सञ्चालनमा रहेका उद्योगहरुलाई नाफामा ल्याउन र पूर्ण सञ्चालन गर्न आवश्यक रहेको बताए । मन्त्री नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरु मुनाफामा चल्नुपर्नेमा चल्न नसकेको स्वीकार गरे ।

मन्त्री भण्डारीले लगानी सम्मेलनका लागि लगानीमैत्री कानून बनाउन सरकारले आवश्यक पहल गरिरहेको उनले बताए ।

लगानी सम्मेलनलाई सहज बनाउन उद्योग मन्त्रालयले सम्मेलनअघि १० वटा कानुन निर्माण गरिरहेको उनको भनाइ छ । उनले लगानी सम्मेलनका लागि द्रुत गतिमा कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री भण्डारीले लगानी सम्मेलनका लागि कानून निर्माण गर्ने क्रममा निजी क्षेत्र, सांसदहरु र विज्ञहरुको टोली राखेर लगानीमैत्री वातावरण तयार पारिएको बताए ।


क्लिकमान्डु