दिदीलाई जिस्क्याएको भन्दै भाइले बनाएका थिए हत्या योजना, १६ वर्षपछि सविता पक्राउ



काठमाडौं । १६ वर्षअघि नेपाल कमर्स क्याम्पस मीनभवनका प्राध्यापक धर्मराज बिष्टको हत्या गरेको गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।

२०६४ असार २६ गते ललितपुर जिल्लाको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललतिपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज बिष्टको हत्या भएको थियो ।

सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४१ वर्षर्की धादिङ बुढाथुम गाविस ३, साविक गंगा जमुना गाउँपालिका ७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् ।

बिष्ट क्याम्पसको प्राध्यापक रहेको उनीहरुबीच सामान्य चिनजान रहेको प्रहरीले बताएको छ । बिष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेकोको कुरा भाई विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरुलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ ।

सोभिता थापा नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको अध्यापक विष्टसँग चिनजान भएको थियो ।

सोभिताका भाइ विनोद थापा २०७१ पुस ३ गते लागु औषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अध्यापक विष्ट हत्यामा समेत संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल सजाय काटेर २०७९ असोज ३ गते रिहा भइसकेका छन् ।


क्लिकमान्डु