गण्डकीका सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी



पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् ।

मनाङे स्वतन्त्ररूपमा निर्वाचित भएर पछि समाजवादी प्रवेश गरेका थिए । केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलमा असहमति जनाउँदै उनले पार्टी छोडेका हुन् ।

मनाङले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन् ।

‘स्वतन्त्ररूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्छु,’ उनले भने।

मनाङे २०७९ मंसिर १९ गते समाजवादी प्रवेश गरेका थिए ।


क्लिकमान्डु