काभ्रेका ४ वटा सहकारीले तिरेनन् नेफ्स्कूनको साँवा ब्याज, कालोसूचीमा राख्नेसम्मको तयारी



काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका ४ वटा सहकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट लिएको ऋण नतिरेपछि कर्जा भुक्तानी गर्न ३५ दिने सूचना निकालेको छ ।

नेफ्स्कुनबाट बनेपा काभ्रेको उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था, बनेपा–८ काभ्रेको सन्दुस बचत तथा ऋण सहकारी, बनेपा १० काभ्रेको आइकोन बचत तथा ऋाण सहकारी र पनौती नगरपालिका–४ मा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारीले ऋण लिएको जनाइएको छ ।

चार वटै संस्थाले लिएको ऋण ३५ दिन भित्र सहकारीले नेफ्स्कूनलाई बुझाउनु पर्ने साँवा ब्याज भुक्तानी नगरेमा धितो लिने संस्थाका साथै जमानीकर्तालाई कालोसूचीमा राखेर सम्पत्ति लिलामी गर्ने जनाएको छ ।

उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मोहन बहादुर गजुरेल, उपाध्यक्षमा श्रीराम बस्नेत, सचिवमा शान्तमणी रिजाल, कोषाध्यक्षमा चण्डीका चौलागाई, सदस्यमा जिसन आचाजु, तानारान अर्याल, सविना अवा रहेका छन् ।

आइकोनिक बचत तथा ऋण सहकारीले पनि लिएको कर्जाको साँवा ब्याज लगायत भुक्तानी गर्नुपर्ने दायित्व बाँकी रहेको छ । कर्जाको दायित्व भुक्तानी गरेको संस्थाको अध्यक्षमा रोशन चौलागाई, उपाध्यक्षमा रोजन थापा, सचिव ललिता गौतम, कोषाध्यक्षमा रश्मिला बस्नेत, सदस्यमा शारदा हुमागाई, गिता श्रेष्ठ र देवकी शाह रहेकी छिन् ।

यस्तै सन्दुस बचत तथा ऋण सहकारीको अध्यक्षमा रामशरण चौलागाई, उपाध्यक्षमा साजन राजबाहक, सचिवमा समिर नकर्मी, कोषाध्यक्ष शोभा लक्ष्मी धेके, सदस्यमा गणेश दुलाल, कल्पना श्रेष्ठ र प्रमिला तामाङ रहेका छन् ।

सुन्दरबस्ती सहकारीको अध्यक्षमा प्रतिला खड्का, उपाध्यक्षमा सर्मिला चौलागाई, कोषाध्यक्ष विकास गौतम, सदस्यमा चमेली बस्नेत, रत्न प्रसाद रिजाल र सबिना थापा रहेका छन् ।


क्लिकमान्डु