७ अर्ब लगानीमा समिट होटलसँगै लक्जरी अपार्टमेन्ट बन्दै



काठमाडौं । ललितपुरको कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट बन्ने भएको छ । समिट होटल प्रालिले कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

चौधरी ग्रुप र आइजे ग्रुपको संयुक्त लगानी रहेको होटल ७ अर्ब रुपैयाँ लगानी बन्ने अनुमान गरेको छ । होटलमा चौधरी ग्रुपको आर एण्ड आर हरिटेज प्रालिको ६० प्रतिशत र बाँकी ४० प्रतिशत आइजे ग्रुपको जेन इन्फ्रा र ब्यूल्डर्स प्रालिको छ ।

सन् १९९७ मा स्थापना भएको कम्पनीले कुपन्डोल हाइटमा ७३ कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको थियो । तर, हाल कम्पनीले पुरानो भवनलाई भत्काएर एउटा होटल भवन र दुईवटा आवासीय अपार्टमेन्टसहितको नयाँ होटल कम्प्लेक्स निर्माणको काम सुरु गरेको छ । उक्त अपार्टमेन्टमा १ सय ४४ वटा अपार्टमेन्ट युनिटको सुविधा हुनेछ । कम्पनीले अपार्टमेन्टको युनिटहरु सिधै बेच्ने योजना बनाएको छ ।

त्यस्तै, कम्पनीले नयाँ होटल १३५ वटा सुविधाको निर्माण भएको छ । कम्पनीले यसअघि नै ३ अर्ब ऋण लिइसकेको छ । पुनः आयोजनाको लागत बढेपछि कम्पनीले ७० करोड रुपैयाँ ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ।

हालसम्ममा निर्माण भइरहेको अपार्टमेन्ट २० प्रतिशत बुकिङ भइसकेको छ । कम्पनीअनुसार बाँकी अपार्टमेन्टहरु समयमै बिक्री भई रकम संकलन भएमा आयोजना निर्माणको अवधि र प्रगतिमा प्रभाव पर्नेछ । काठमाडौं उपत्यकामा होटल तथा अपार्टमेन्ट निर्माण गर्न उच्च प्रतिस्पर्धा छ । त्यसैले, बिक्रीको आधारमा आयोजना सम्पन्न हुने गर्दछ ।

कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टको हालसम्म सकारात्मक बुकिङ रहेको उल्लेख छ । सरकारले पनि पर्यटन क्षेत्रलाई प्रोत्साहन गरेका हुनाले आगामी दिनमा पनि होटलको माग बढ्ने दाबी गरेको छ ।

कम्पनीको व्यवस्थापनअनुसार अपार्टमेन्टको युनिटहरुको बिक्रीबाट आम्दानी रकमले समग्र आयोजनाको ५० प्रतिशत काम पूरा गर्ने अपेक्षा गरेको छ । हालसम्म अपार्टमेन्टको ५४ प्रतिशत बुकिङ भइसकेको छ भने १६ प्रतिशत भने बिक्री नै भइसकेको छ । जसमा डिसेम्बरसम्ममा ८० प्रतिशत रकम संकलन भइसकेको छ ।


क्लिकमान्डु