यी हुन् विश्वकै सबैभन्दा धनी १० महिला



काठमाडौं । ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । यो ८ मार्चमा विश्वभरी मनाइन्छ ।

सर्वप्रथम सन् १९०९ फेब्रअरी २८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।

राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । त्यस्तै, ८ मार्चको सन्दर्भमा विश्वका १० धनी महिलाको जानकारी दिनका लागि यो सामग्री तयार गरेका छौं ।

१. फ्रान्कोइसे बेटेनकोर्ट मेयर्स

फ्राइन्कोइसे बेटेनकोर्ट मेयर्स मेयर्स एक फ्रान्सेली व्यवसायी र परोपकारी हुन् । उनको कुल सम्पत्ति ९४ अर्ब ९० करोड अमेरिकी डलर छ । फोब्सका अनुसार उनी विश्वको सबैभन्दा धनी महिला हुन् । मेयर्स सौन्दर्य कम्पनी लोरियलका संस्थापककी नातिनी हुन् । उनको लोरियल कम्पनीमा ३३ प्रतिशत स्वामित्व छ ।

उनी सन् १९९७ देखि कम्पनीको बोर्ड सदस्य हुन् भने अहिले मेकअप फर्मको अध्यक्ष छन् ।

२. एलिस वाल्टन

विश्वको धनी महिलाको दोस्रो स्थानमा एसिल वाल्टन छिन् । उनीसँग ६१ अर्ब ३० करोड अमेरिकी डलरको कुल सम्पत्ति छ । उनी वालमार्टका संस्थापकका साम वाल्टनकी एक्ली छोरी हुन् । कम्पनीमा उनको ५० प्रतिशत सेयर छ । त्यसका साथै उनलाई कलामा निकै रुची छ । त्यसैले उनी अर्बौ डलरको व्यक्तिगत कला संग्रहको मालिक पनि छिन् ।

३. जुलिया कोच


विश्वको तेस्रो धनी महिलाको रुपमा जुलिया कोच छिन् । उनीसँग कुल ५९ अर्ब डलर सम्पत्ति छ । अर्बपति जुलिया आफ्नो पतिको मृत्युपछि विश्वको धनी महिलामा उक्लिएकी हुन् । उनका श्रीमन डेभिड कोच इन्डष्ट्रिका मालिक थिए। मृत्युपछि कोचले छोराछोरीको हिस्सासहित गरी कम्पनीको कुल ४२ प्रतिशत स्वामित्व पाएका थिए ।

उनी लोवाका मुल निवासी थिइन् । तर, सन् १९८० को दशकमा उनी न्यूयोर्क गएकी थिइन् । उनले न्यूयोर्कमा फेसन डिजाइनर एडोल्फोको सहायकका रुपमा काम गरेकी थिइन् ।

उनी र उनका स्वर्गीय पतिले खानाको एलर्जीबारे अध्ययन गर्न स्ट्यान्फोर्ड चिल्ड्रेन्स हस्पिटल र माउन् सिनाई मेडिकल सेन्टरलाई १ करोड अमेरिकी डलर दिएका थिए ।

४. ज्याक्लिन मार्स

ज्याकलिन मार्स ३८ अर्ब ३० करोड डलरको कुल सम्पत्तिका साथ विश्वको चौथो धनी महिलाको रूपमा स्थानमा छिन् । सन् १९११ मा उनका हजुरबुवा फ्रान्क सी मार्सले स्थापना गरेको क्यान्डी र घर पालुवा जनावर (पेट फुड) को खाना उत्पादन गर्ने कम्पनीमा उनको स्वामित्व छ ।

विश्वको सबैभन्दा ठूलो क्यान्डी उत्पादन गर्ने कम्पनी मार्स इनकर्पोरेटेडमा उनको एक तिहाइ हिस्सा छ । उनले आइएमएस र पेडिग्रीजस्ता ब्रान्डको साथ कम्पनी स्थापित गरेकी छिन् ।

५. मिरियम एडेल्सन

मिरियम एक अमेरिकी चिकित्सक र अर्बपति हुन् । उनीसँग कुल ३७ अर्ब ७० करोड डलर सम्पत्ति छ । उनी रिपब्लिकन किंगमेकर र क्यासिनो म्याग्नेट शेल्डन एडेलसनकी पत्नी हुन् । २०२१ मा उनको पतिको मृत्यु भएपछि लस भेगास स्यान्डमा उनको ५० प्रतिशत हिस्सा पाएकी छिन् ।

यसबाहेक, सन् २०१६ मा मिरियमले डोनाल्ड ट्रम्पको राष्ट्रपतीय अभियानलाई आर्थिक सहयोग गरेकी थिइन् ।

६. म्याकेन्जी स्कोट

अमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी र पुरस्कार विजेता लेखक म्याकेन्जी स्कोट २९ अर्ब ५० करोड अमेरिकी डलरको कुल सम्पत्तिसहित छैठौं स्थानमा छिन् । उनी सन् २०२३ मा अर्बपतिको सूचीमा परेकी हुन् । उनी जेफसँग २५ वर्षसम्म विवाह बन्धनमा बसेकी थिइन् । उनले जेफसँग सन् २०१९ मा सम्बन्धविच्छेद गरेकी हुन्। जेफले सम्बन्धविच्छेद गर्नेबेला आफ्नो अमेजन हिस्सेदारीको २५ प्रतिशत स्वामित्व उनलाई हस्तान्तरण गरेका थिए। उक्त सम्पत्ति कम्पनीको ४ प्रतिशत बराबरको हिस्सा हो ।

७. गिना रिनहार्ट

गिना रिनहार्ट अष्ट्रेलियन खानी र कृषि कम्पनी ह्यान्कक प्रोस्पेसक्टिङ ग्रुपको कार्यकारी अध्यक्ष छिन् । उनीसँग अहिले कुल २६ अर्ब ९० करोड डलर सम्पत्ति छ। उक्त सम्पत्तिसहित रिनहार्ट विश्वको सातौं स्थानमा छिन् । कम्पनी उनका बुबा ल्याङ ह्यान्ककले सन् १९९२ मा स्थापना गरेका थिए ।

सिड्नी युनिभर्सिटीबाट इकोनोमिक्स छोडे पनि उनी अष्ट्रेलियाको सबैभन्दा धनी व्यक्ति हुन् । फोर्बसले उनलाई विश्वका १०० शक्तिशाली महिलाको सूचीमा राखेको छ ।

८. सुसेन क्ल्याटेन

२४ करोड ६० लाख अमेरिकी डलरसहित सुसेन क्ल्याटेन विश्वको आठौं धनी महिलामा सूचिकृत छिन् । क्ल्याटेन सुसेन र एटलान्टा, एक फार्मास्यूटिकल र केमिकल कम्पनीको मालिक र उपाध्यक्ष हुन् । उनीसँग जर्मन अटोमेकर बीएमडब्ल्यूको लगभग १९ प्रतिशत स्वामित्व छ । उक्त स्वामित्व उनकी आमा जोहाना क्वान्ड्ट र बुबा हर्बर्ट क्वान्डबाट विरासतमा पाएकी हुन् ।

९. आइरिस फोन्टबोना

आइरिससँग फोन्टबोना २२ अर्ब ८० करोड बिलियन डलरको कुल सम्पत्ति सहित विश्वको धनी महिलाको नवौं स्थानमा छिन् । उनीले आफ्ना छोराछोरीहरूसहित एन्टोफागास्टा पीएलसीलाई सम्हाल्दै आएकी छिन् । उक्त कम्पनीले चिलीमा तामाको खानीहरूको उत्खनन गर्छ भने लन्डन स्टक मार्केटमा पनि कारोबार गर्छ ।

उनी चिलीका स्वर्गीय म्याग्नेट एन्ड्रोनिको लुक्सिककी पत्नी हुन् । एन्ड्रोनिको लुक्सिकको सन् २०१५ मा खानी र पेय पदार्थमा सम्पत्ति निर्माण गरेपछि मृत्यु भएको थियो । उनीसँग बैंकिङ, बियर र उत्पादनमा क्षेत्रमा उनको ठूलो हिस्सा छ । उनी चिलीको परिचित व्यवसायी हुन् । उनीसँग चिलीको परिचित सार्वजनिक रूपमा व्यापार गर्ने समूह क्विनेन्कोमा ठूलो हिस्सेदारी छ ।

१०. अबिगेल जोनसोन

विश्वको दशौं धनी महिला फिडेलिटी इन्भेष्टमेन्टकी सीईओ अबिगेल जोनसोन हुन् । अबिगेलले आफ्नो स्वर्गीय बुबा नेड जोन्सन तृतियबाट कम्पनी विरासतमा प्राप्त गरेकी सम्पत्ति हो । हाभार्ड बिजनेस स्कूलबाट स्नातक गरेकी उनीसँग अहिले कुल २१ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ । उनको फेडिलिटी इन्भेष्टमेन्६ कम्पनीमा २४.५ प्रतिशत हिस्सा छ ।


क्लिकमान्डु