१५० करोड लगानीमा भैरहवामा होण्डाको एसेम्बल प्लान्ट उद्घाटन, १ लाख मोटरसाइकल र स्कुटर बनाउने



काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ । होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस प्रेसिडेन्ट मिनारो काटोले भैरहवामा होण्डाको एसेम्बल प्लान्टको उद्घाटन गरेका हुन् ।

उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो ।

एक अर्ब ५० करोडको लगानीमा २ लाख स्क्वायर फिटको क्षेत्रफलमा रहेको प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ।

विगत ५५ बर्ष भन्दा बढी समयदेखि आफ्ना ग्राहकवर्गको विश्वास जित्दै आएको होण्डा उत्पादनको गुणस्तरमा सधैँ प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा सदैव दृढ रहँदै, दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्राण्ड रहेकाे छ ।

होण्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अनुसार नवस्थापित एसेम्बल प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रालिमार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।


क्लिकमान्डु