दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछुः परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौं । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्दै दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गरेका श्रेष्ठले नेपालले कुटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए । उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताए ।

सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भुमिका हुँने भन्दै श्रेष्ठले भने वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको रक्षा गर्नेकुरा आफ्नो कार्यभारका रुपमा लिएको छु । उनले गैर आवासीय नेपालीहरुको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताए ।

कुटनीतिक आचारसंहीताको कार्यान्वयनमा आफूले विशेष जोड दिँदै मन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने समेत बताएका हुन ।

उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने गर्ने पनि बताए । उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदुत नियक्तिको मापदण्डलाई पर अब्जेक्टिभ बनाउने र स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्नेगरी कुटनीतिक शिष्टता कायम राख्ने पनि उनको भनाइ छ ।


क्लिकमान्डु