चीन अर्थतन्त्र सुधार्नमा केन्द्रित, ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि लक्ष्य



काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनले ग्रस्त चीनले यो वर्षका लागि ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ ।

चीनका प्रिमियर लि किआंगले मंगलबार देशको अर्थतन्त्रलाई सुधारका लागि आवश्यक कदमहरु चाल्न तयार रहेको र आर्थिक वृद्धि ५ प्रतिशतको हासिल गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

चीनको प्रतिनिधिसभा सभा नेसनल पिपुल्स कंग्रेसमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । सँगै उनले रक्षा प्रणालीको खर्चलाई बढाउने पनि जानकारी दिएका छन्, जसलाई ताइवानसँग जोडेर हेरिएको छ । चीनमा पछिल्लो समय सोचेभन्दा कम मात्रामा अर्थतन्त्रमा विकास भइरहेका कारण समस्या देखिएको छ ।

कोरोना महामारीपछि चीनका नागरिकहरुको खर्च गर्ने क्षमतामा कमी आएको छ र उनीहरुले सोचेभन्दा कम खर्च गरिरहँदा सरकारले राखेको आर्थिक लक्ष्य पुरा हुन सकेको छैन ।

यसबीच किआंगले सरकारले अर्थतन्त्रमा स्थीर वृद्धिका लागि आवश्यक कदमहरु चालेर अघि बढ्ने बताएका छन् । उनले अवस्था नाजुक बन्न सक्ने कुरालाई बेवास्ता गर्न नमिल्ने बताउँदै आवश्यक कदमहरु चालेर स्थीर आर्थिक बृद्धि हासिल गर्ने बताएका हुन् ।


क्लिकमान्डु