झापाको मेचीनगरमा ७ बिघामा होटल रोयल रिक्रियशन नेपाल बन्ने, निर्माण अवधि ३ वर्ष



काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिकाको पाथीभराटोलमा होटल रोयल रिक्रिएशन नेपाल बन्ने भएको छ । होटलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ ।

प्रतिवेदनअनुसार रोयल रिक्रिएशन नेपाल प्रालिले तारे होटल निर्माण गर्ने भएको हो । प्रतिवेदनमा उक्त होटल ७ बिघा १ कठ्ठा ६.३ धुर (४७ हजार ८५३.६१ वर्गमिटर)मा क्षेत्रफलमा बन्ने उल्लेख छ ।

होटलको कुल जग्गाको १७ प्रतिशत (८ हजार २२३.४५ वर्गमिटर) क्षेक्रफल ग्राउण्ड कभरेज हुनेछ । त्यसैगरी, होटलका भवनको तल्लाको कुल क्षेत्रफल २३ हजार ८३८.१६ वर्गमिटर क्षेत्रफलमा बन्नेछ । त्यसबाहेक खुला क्षेत्र ४३ प्रतिशत, पार्किङ १० प्रतिशत र हरियाली क्षेत्र ३० प्रतिशत हुने प्रतिवेदन उल्लेख छ ।

होटलले १५८ वटा कोठाको सुविधा दिने गरी निर्माणका लागि प्रस्ताव गरेको छ । होटलमा ३ सय शय्याको सुविधा हुने कम्पनीको भनाइ छ । होटलको भवन बन्नका लागि ३ वर्ष लाग्ने अनुमान गरेको छ ।

होटल ७ तल्लाको हुने जनाइएको छ । भूमिगत तल्ला २४४.३ वर्गमिटरको हुनेछ । भुई तल्ला ८ हजार २२३.४५ वर्गमिटरको क्षेत्रफलको हुने उल्लेख छ ।

उक्त तल्लामा लबी, रिसेप्सन, आउटडोर रेष्टुरेन्ट, क्याफे, कन्फरेन्स हल-५९६ जना क्षमता, मिटङ हल- ८० जना क्षमता, मिटिङ हल २-२० जना, मिटिङ हल ३-१४ जना क्षमता, भीआइपी रुम, बैङ्क्वैट हल-६५० जना क्षमता, कन्फरेन्स र बैंङ्क्वेट हलको लागि भान्सा, सोभिनियर सप-३ वटा, गेमिङ हल र बीओएच सुविधा हुने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, होटलको पहिलो तल्लामा कार्यालयहरु, मिटिङ रुम, स्टाफ डाएनिङ, भान्सा, ट्रेनिङ हल, चेन्जिङ रुम र मिटिङ हलको सुविधा हुनेछ । दोस्रो तल्लामा रेष्टुरेन्ट-८४ जना क्षमता, आउटडोर सिटिङ-३६ जना क्षमता, भान्सा, स्पा, ज्याकुजी, स्टीम, साउना, बार-७० जना क्षमता, स्विमिङ पूल हुने जनाएको छ ।

तेस्रो तल्लामा पाहुना कोडा ५३ वटा, स्टोर, मसाज कोठा ६ वटा, जिम, सैलुनको सुविधा हुनेछ । चौथो तल्लामा ४८ वटा कोठा, पाचौं तल्लामा ३५ वटा कोठा, छैठौं तल्लामा २२ वटा कोठा हुनेछ ।

साथै, पार्किङ १५ कठ्ठा क्षेक्रफलमा हुने कम्पनीले जनाएको छ । उक्त पार्किङमा ३ सय वटा दुई पाङ्ग्रे र १७० वटा चार पाङ्ग्रे सवारी साधन अट्नेछ । त्यसबाहेक होटलमा लिफ्ट, स्विमिङ पुल, भिन्न क्षमता भएका व्यक्तिहरुको लागि विशेष पाहुना कोठाको व्यवस्था, अपाङ्गमैत्री शौचालय, र्याम्पहरुको प्रावधान, इन्टरकम, रेष्टुरेन्ट, बारलगायत अन्य विभिन्न सुविधा हुनेछ ।


क्लिकमान्डु