सत्ता गठबन्धन फेरिएसँगै नेप्सेमा लाग्यो तेस्रो सकारात्मक सर्किट, कारोबार बन्द



काठमाडौं । कम्युनिस्ट गठबन्धन बन्ने निश्चित भएपछि सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि पुरै दिनका लागी सेयर कारोबार स्थगति भएको हो ।

नेप्सेमा कारोबार सुरु भएको पहिलो तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो ।

त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप एक प्रतिशतले बढेर ५.०३ प्रतिशत वृद्धि भएपछि दोस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार स्थगित भउको थियो ।

त्यसपछि १२ बजेर ४ मिनेटमा खुलेको सेयर बजार थप एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आजका लागि कारोबार बन्द भएकाे हाे ।

कारोबारमा सर्किट लागेर ११७.७० अंकले बढ्दा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको मूल्य बढेको छ । तर, नेप्सेमा सूचिकृत २३७ वटा कम्पनीमध्ये पाँच वटाको भने मूल्य घटेको छ ।

नेप्सेअनुसार सोमबार गणपति लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ड फण्ड–२, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र एनआइबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु