रास्वपाको भागमा ४ मन्त्री र एक राज्यमन्त्री, रवि र स्वर्णिम मध्ये कसको नेतृत्वमा सरकारमा जाला ?



काठमाडौं । पछिल्लो २४ घण्टामा राजनीतिक घटनाक्रम तिव्ररुपमा विकास भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गर्ने भएको छ ।

नयाँ गठबन्धनमा सहभागी हुने दलहरुलाई सामेल गराएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने तयारी गरेका छन् ।

यसअघि एमालेसहितको गठबन्धको समयमा प्रचण्डको सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक पनि सरकारमा सहभागी हुँदै छ ।

रास्वपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने नयाँ बनेको गठबन्धनमा सहमति भएको स्रोतको दाबी छ ।

रास्वपाका एक नेताले पार्टी सभापति रवि लामछानेको नतृत्वमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताए । गठबन्धनमा सहभागी हुने अन्य दलका नेताहरुका आधारमा पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिने विषयमा पार्टीमा छलफल भएको उनको दाबी छ ।
तर, सरकारमा सहभागी हुने र मन्त्रीहरु पठाउने बारेको निर्णय गर्ने अधिकार भने पार्टीले लामिछानेलाई दिएको छ ।


क्लिकमान्डु