सेयर बजारमा दोहोरो अंकको गिरावट, ६७ कम्पनीको मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ११.७८ अंकले घटेर परिसूचक १९६०.३० बिन्दु कायम भएको छ ।

३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कम्पनीको २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ६.७१, विकास बैंक १७.८३, वित्त १३.९८, जलविद्युत २०.६१, जीवन बीमा ९१.८७, माइक्रोफाइनान्स १८.०४, निर्जीबन बीमा ५६.७३, ट्रेडिङ समूहको उपसूचक ७१.०३ अंकले घटेको छ ।

कारोबारमा ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको घटेको छ । कारोबारमा ग्लोबल आइएमई लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताले कमाएका छन् भने चिरख्वा हाईड्रोपावर, बिपीडब्लू लघुवित्त, बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु