मौसममा खराबीपछि आज विमानको उडान भइरहेको छ ?



काठमाडौं । खराब मौसमका कारण आइतबारका लागि सबै पर्वतीय उडाउन (माउन्टेन फ्लाइट) रद्द भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका अनुसार आन्तरिक उडानमार्फत हुने सबै वायुसेवाको आइतबारको माउन्टेन फ्लाइट हुन सकेन् ।

‘माउन्टेन फ्लाइटका लागि सबै हिमाल स्पष्ट देखिने हुनुपर्छ । केही हिमाल देखिने र केही नदेखिएका कारण विहानका २ वटा उडान रद्द गरिएको छ,’ बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले भने । उनका अनुसार आइतबार विहानदेखि बिग्रिएको मौसमका कारण केही उडान ढिलो भएको छ ।

‘आजको लागि काठमाडौंबाट तुम्लिङटार जाने उडान हुन नसेन् । यो गन्तव्यको उडान विहान ९ बजेभित्रै सबै रद्द भइसकेको छ भने अन्य गन्तव्यमा नियमित उडान भइरहेको छ’ कर्णले भने ।


क्लिकमान्डु