पक्राउ परेका १० बैंकरबारे केही दिनभित्रै निर्णय आउँछ: अर्थसचिव



काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरी कर्णले बैंकका कर्मचारीको मनोबल उच्च बनाउने गरि सरकारले काम गरिरहेको बताएका छन् ।

आइतबार अर्थसमितिले आयोजना गरेको छलफलमा कर्णले केही दिनअघि पक्राउ परेका १० बैंकरबारे केही दिनभित्रै निर्णय आउने बताए ।

बैंकर पक्राउ परेको विषयमा बाहिर आएको र भित्रिकुरा फरक हुनसक्ने उनको भनाइ छ । ‘कुन कानूनको आधारमा अनुसन्धान भएको हो भनेर हामीले छलफल गरेका छौं,’ उनले भने, ‘यसमा कानुनको सीमा पनि रहेका छन् । कसुर गर्ने नबचुन्, गल्ती नगर्ने नफसुन् भन्ने छ ।’

यसको नतिजा दुई चार दिनमा नै आउने उनको भनाइ छ । उनले बैंकका कर्मचारीको उच्च मनोबल बनाउ सरकारले केही काम गरिरहेको बताए । त्यसको नतिजा पनि केही दिनमा आउने उनको दाबी छ ।


क्लिकमान्डु