सानो गौचरणमा ४९ लाख रुपैयाँमा फाल्चा निर्माण हुँदै



फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४९ लाख रुपैयाँमा सानो गौचरणमा फाल्चा निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को कार्यालयले सूचना प्रकाशित गर्दै उक्त वडाको सानो गौचरणहखे मानदेव मार्गमा फाल्चाको निर्माण गर्ने भएको जनाएको छ । कार्यालयले उक्त फाल्चा निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।

सूचनाकाअनुसार उक्त फाल्चा निर्माणका लागि ४९ लाख ८८ हजार ९२० रुपैयाँ अनुमानित लागत राखिएको छ ।

फाल्चासँगै वडा नम्बर १ का विभिन्न ठाउँमा १ करोड ९२ लाख ८० हजार ४१४ अनुमानित लागतमा फुटपाथको निर्माणका लागि पनि ठेक्का आह्वान गरेको छ । त्यस्तै, शंकर कृति महाविचार क्षेत्रमा पाटी निर्माणका लागि ४९ लाख ४१ हजार २४० रुपैयाँमा ठेक्का खुलाइएको छ ।

यो सँगै आगलागीको समयमा प्रयोगका लागि वडा नम्बर १ का विभिन्न ठाउँमा पाइपलाइनहरु पनि बिछ्याउने भइएको छ । यसका लागि भने कार्यालयले १८ लाख ५२ हजार ६६ रुपैयाँको ठेक्का आह्वान गरेको छ ।

कार्यालयकाअनुसार फुटपाथको निर्माण तथा शंकर कृति विहारमा पाटी निर्माणका लागि बोलपत्र दरखास्त चैत २२ गतेसम्म दिन सकिनेछ भने पाइपलाइन बिछ्याउने र सानो गौचरणमा फाल्चा निर्माणका लागि बोलपत्र दरखास्त चैत २३ गतेसम्म दिन सकिनेछ ।


क्लिकमान्डु