रिडी पावरको हकप्रद सेयर निष्काशन



काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ः०.५० अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । माघ २२ गते बुक क्लोज गरेको छ । आवेदन चैत ८ गतेसम्म दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

आवेदन क्यापिटलका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट दिन सकिने छ । यस्तै सी आश्वा सदस्य रहेका बैक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ ।


क्लिकमान्डु