वायुसेवा निगम सुधार्न सोल्टी होटलको सेयर बेच्नुपर्ने, सेयर बेचेर जहाज किन्ने कि प्रशासन सुधार्ने ?



फाईल तस्बिर

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत एवम व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन कार्यान्वयन कार्यदलले सोल्टी होटलको सेयर बेच्नुपर्ने सुझाव दिएको छ । कार्यादलले उक्त सेयर बेचरेर निगमको सुधार गर्न सकिने प्रतिवेदन मन्त्रालयमा पेश गरेको छ ।

यस अघि दीपेन्द्रबादुर क्षेत्री नेतृत्वकै समितिले सोल्टीमा १९ भदौ २०८० मा कायम मूल्य अनुसार ४ अर्ब ५७ करोड रुपैयाँ रहेको उल्लेख गरेको थियो । निगमसँग सोल्टी होटलको १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर छ । यो सेयर बेचेर निगमलाई जहाज किन्न क्षेत्री संयोजकको कार्यादलले सुझाव दिएको छ । सोही सुझाव कार्यान्वयन गर्न गठन भएको कार्यदलले पनि सोही सुझावलाई निरन्तरता दिएको छ ।

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्यायन समितिको प्रतिवेदन अध्यायन तथा कार्यन्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्व क्याप्टेन कुलबहादुर लिम्वु नेतृत्वको सिफारिस समितिले विहिबार प्रतिवेदन बुझाएको हो । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती,मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी ४ ओटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखा परिक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको प्रशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने रहेको छ ।

चौथो बुँदामा निगमको यथार्थपरक व्यवसायीक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएको पर्यतटन मन्त्रालयको भनाइ छ।


क्लिकमान्डु