सेयर बजार स्थिर, १७० कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबकाबिच बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.८७ अंकले घटेर परिसूचक २०००.७७ बिन्दुमा रहेको छ ।

३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ७.४२, विकास बैंक ४३.७२, वित्त १७.५८, जलविद्युत २१.४३, जीवन बिमा ५१.२९, निर्जीबन बिमा समूहको उपसूचक ३७.५२ अंकले घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन ३१७.५७, ट्रेडिङ समूहको उपसूचक १५०.६७ अंकले बढेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्स्योरेन्स र बोटलर्स नेपाल (तराई) रहेको छ ।


क्लिकमान्डु