९ ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न ९ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
विभिन्न निकायहरुबाट कालोसूचीमा राख्न भनि लेखि पठाइएकाले सोहीअनुसार विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

तीन वर्षका लागि सुर्खेतको मजदुर कन्स्ट्रक्सन प्रालि, दुई वर्षका लागि काठमाडौंको खम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको छ ।

१ वर्ष ६ महिनाको अवधिका लागि कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको रुपन्देही विल्डर्स एन्ड कन्स्ट्रक्सन र काठमाडौंकै प्राकृतिक/कश्यप/समिर जेभीलाई कालोसूचीमा राखिएको छ । १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको प्राकृतिक/कश्यप/समिर जेभीमा रुपन्देहीको प्राकृतिक निर्माण प्रालि, कलंकीको कश्यप निर्माण सेवा तथा सप्लायर्स र नवलपरासीको समिर कन्स्ट्रक्सन रहेका छन् ।

स्तै एक वर्षको अवधिका लागि विभिन्न चार कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ । जसमा कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको पारस बिल्डर्स एण्ड सप्लायर्स, सुनसरीको प्रभु एण्ड सन्स निर्माण सेवा र गुल्मीको न्यू मालिका निर्माण सेवा रहेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयकाअनुसार यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।


क्लिकमान्डु