बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन, सेयर भर्न १८ हजार चाहिने



काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । उद्योग तथा खानी प्रभावितले २ लाख ४८ हजार ४७० कित्तामा आवेदन दिएका छन् । बाँकी नबिकेको समेत थपेर सर्वसाधारणलाई सेयर निष्कासन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि सकेको छ ।
कम्पनीले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा फागुन १३ गतेदेखि १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर निष्कासन गरिसकेको छ । बाँकी रहेको सेयर अहिले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा सेयर निष्कासन गरेको हो । आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ लाग्ने छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु