यातायातका महानिर्देशक र डीडीसीका महाप्रबन्धकलाई मोसो दलेको आरोपमा वैद्य निकटका दुई जना पक्राउ



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रवन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दल्ने दुई जना पक्राउ परेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको युवा संगठनका दुई नेतालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीका सन्तोष परियार र कालिकोटका दिपेन्द्र परियार रहेका छन् । परियार युवा संगठनका केन्द्रीय सदस्य र शाही कर्णाली प्रदेश इञ्चार्ज हुन् ।

लाइसेन्समा घोटाला गरेको आरोपमा उनीहरुले माघ १९ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दलेका थिए भने फागुन ४ गते डीडीसीका महाप्रबन्धक झालाई अनियमितता, किसानलाई भुक्तानी नगरेको लगायतको आरोपमा मोसो दलेका थिए ।

यसैगरी वैद्यका कार्यकर्ताले आइतबार सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई पनि कार्यकक्षमै पुगेर मोसो दलेका छन् ।


क्लिकमान्डु