बचतकर्तालाई ढाँटदै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी, किन रोकियो साधारणसभा ?



काठमाडौं । बचतकर्ताको बचत फिर्ता गर्ने एजेण्डा नराखी २३औं र २४औं वार्षिक साधारण सभा बोलाएको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई अन्यौल बनाएको छ ।

यसअघि फागुन ७ गते सोमबारका लागि सभा बोलाएको संस्थाले विभिन्न बाहनामा पुन सभाको समय पर धकेलेको छ ।

संस्थाको माघ १ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार, संस्थाको २३औं र २४औं वार्षिक साधारणसभा फागुन ७ गते मुख्य कार्यालयको सभा हलमा बोलाएको थियो । अहिले उक्त हल सानो भएको बाहना बनाउँदै सभा स्थगन गरेको छ ।

संस्थामा २१ हजार भन्दा बढी सदस्यहरु रहेको र सहकारी ऐन २०७४ मा साधारण सभाको वैधानिकताको लागि सदस्यहरुको गणपुरक संख्या ५१ प्रतिशत हुनुपर्ने व्यवस्था भएको जनाएको छ ।

सभा संचालनको लागि संस्थाको मुख्य कार्यालयको सभा हल अप्रयाप्त हुने भएको भन्दै उपयुक्त स्थान छनौट गरी फागुन भित्रै सभा गर्ने स्रञ्चालक समिति सचिव सुरेन्द्र भण्डारीले जनाएका छन् । सहकारीले बचतकर्ताको पैसा नदिएको भन्दै विभिन्न निकायमा उजुरी पर्ने क्रम बढीरहेको छ ।


क्लिकमान्डु