फर्स्ट माइक्रोफाइनान्समा रहेको संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक



काठमाडौं । प्रभु बैंकले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता ३१५ रुपैयाँका दरले ३ करोड ७८ लाख बिक्री गर्न लागेको हो ।

बैंकले उक्त सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई चैत ११ गतेसम्म फस्र्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर वा प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा खरीद गर्ने सेयर संख्या र मुल्य खुलाई शिलबन्दी निवेदन पेश गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु