प्रजातन्त्र दिवषको शुभकामना दिँदै कांग्रेस सभापति देउवाले भने- बलियो राष्ट्रियताको आधार निर्माण भएको छ



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवषको अवसरमा शुभकामना दिएका छन् । २००७ को २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले फागुन ४ गते १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो ।

‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो,स सभापति देउवाले भनेका छन्, ‘मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो ।नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको देउवाले बबताएका छन् ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने कांग्रेसको विश्वास छ ।

‘देशमा लोकतन्त्र स्थापना र पुनस्थापना को लामो संघर्षमा हाम्रा अनेकौं सपुतहरुले आफूलाई उत्सर्ग गरेका छन्, यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरुको त्याग र वलिदानको स्मरण गर्दछु र उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु,’ देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।


क्लिकमान्डु