लघुवित्तबाट ४ खर्ब ३९ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?



काठमाडौं । पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ३९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा तथा सापटी दिएका छन् ।

उक्त रकम कर्जा दिँदा ठूलो हिस्सा कृषिमा रहेको छ भने सबैभन्दा कम घरेलु तथा लघु उद्योगमा रहेको छ । लघुवित्तले पुस मसान्तसम्म २ खर्ब १५ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कृषि कर्जा दिएको छ । जुन समग्र कर्जाको ४८.९२ प्रतिशत हो ।

क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । २०८० असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु