डिशहोमले पाकिस्तान सुपर लिगको लाइभ गर्ने



काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।

नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर डिशहोमले १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गर्न थालेको डिशहोमका प्रतिनिधिले जनाएका छन् ।

१७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने विश्वास डिशहोमको छ ।

एक्शन स्पोर्ट्स एच.डि. मा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा रम्न सक्ने डिशहोमले जनाएको छ ।


क्लिकमान्डु