सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री



काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

सांसदहरुले संसद सचिवालयमा उपलब्ध लिखित प्रश्नको प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् ।

यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् ।


क्लिकमान्डु