ललिता निवास प्रकरणः मिनबहादुर गुरुङलाई दुई वर्ष कैद



काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र साथै बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्नेसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।


क्लिकमान्डु