विकास साझेदार संस्थाले उपलब्ध गराएको वैदेशिक स्रोत पनि न्यून खर्च



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा विकास साझेदारहरुको खर्च पनि न्यून देखिएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार ३१ वटा विकास साझेदार संस्थाहरुमध्ये ईआईएफको मात्रै ६५.३५ प्रतिशतको हाराहारीमा बजेट खर्च भएको छ । बाँकी साझेदार संस्थाहरुको खर्च निक्कै कम देखिएको छ ।

यो संस्थाले सरकारलाई ४ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये पुससम्म ६५.३५ प्रतिशतको हाराहारीमा रकम खर्च भएको छ ।

वैदेशिक स्रोतमध्ये सबैभन्दा बढी एडीवीले ७४ अर्ब ९० करोड ३७ लाख रुपैयाँबराबरको श्रोत सुनिश्चित गरेकोमा ६ महिनाको अवधीमा ८.०५ प्रतिशतका दरले ६ अर्ब ३ करोड २३ लाख रकम मात्रै खर्च गरेको पाइएको छ ।

४७ अर्ब ४१ करोड ९ लाख रुपैयाँबराबरको स्रोत सुनिश्चित गरेको आईडिएले भने १४.७१ प्रतिशतका दरले ६ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । युनिसेफले १७ अर्ब ६१ करोड रुपैयाँ बिनियोजन गरेकोमा ०.०५ प्रतिशतका दरले ६ महिनामा १ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

१३ अर्ब ८७ करोड ८ लाख रुपैयाँ बिनियोजन गरेको एसईएसपीले ४२.८४ प्रतिशतका दरले ५ अर्ब ९४ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु