यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो दलियो



काठमाडौं । चालक अनुमति पत्र वितरणमा भ्रष्टाचार भएको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठनले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् ।

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट युवा संगठन क्रान्तिकारी युवा संगठनको एक समूहले मिनभवनस्थित विभागको कार्यालयमै पुगेर महानिर्देशक रिजाललाई कालोमोसो दलेर दुव्र्यवहार गरेका थिए । जिल्ला प्रहरी परिसरले क्रान्तिकारी युवा संगठनमा आवद्ध कार्यकर्ताहरुले उक्त कालोमोसो दलेको जनाएको छ ।

पछिल्लो समयमा प्रदेश सरकार मातहतको विभिन्न जिल्लामा रहेको यातायात कार्यालयले नक्कली कागजातको भरमा १ लाख नक्कली सवारी चालक अनुमति पत्र तयार गरेको थियो । तर यो बिषय बाहिर आएपछि विभागले उक्त संख्याको चालक अनुमति पत्र रद्द गरेको थियो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो बिषय छानविन गरिरहेको छ ।


क्लिकमान्डु