प्रचण्ड सरकारले हटायो जनयुद्ध दिवसको बिदा



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले फागुन १ गते मनाउने जनयुद्ध दिवसको बिदा हटाएको छ ।

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै बिदा हटाएको जनाएको हो ।

‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ गतेको बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९ चैत २ गते प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ’ सूचनामा उल्लेख छ ।


क्लिकमान्डु