सोनापुर मिनिरल्स एन्ड आयल करिब १५ करोड नोक्सानमा, प्रतिसेयर आम्दानी ऋणात्मक



काठमाडौं । चालु आर्थिक दोस्रो त्रैमासमा सोनापुर मिनिरल्स एन्ड आयल १४ करोड ७८ लाख ५३ हआर रुपैयाँले नोक्सानमा रहेको छ।

गत आवको सोही अवधिमा २ करोड ६२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको कम्पनी अहिले भने नोक्सानमा पुगेको छ ।
कम्पनीको आय ७० करोड ५६ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ७३ करोड १ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै कम्पनीको सञ्चालन घाटा १ करोड १४ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २५ करोड ७३ लाख ३५ हजार रुपैयाँ सञ्चालन नाफा रहेको थियो ।

कम्पनीको कुन आम्दानी ९ करोड ५१ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४१ करोड ५० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख २३ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।


क्लिकमान्डु