पर्सा भन्सार कार्यालयले अफसेट मेसिनदेखि सुपारी लिलाम गर्दै, कति छ लिलाम मूल्य ?



काठमाडौं । भन्सार विभागअन्तर्गतको सुक्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्साले अफसेट मेसिनदेखि सुपारीलगायतका विभिन्न वस्तुहरु लिलाम गर्ने भएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै विभिन्न वस्तुहरुको लिलाम गर्ने जनाएको हो ।

कार्यालयमा जफत गरिएका वस्तुहरुलाई जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गरिने कार्यालयले जनाएको छ।

लिलाम गर्न लागिएका वस्तुहरुमा अफसेट मेसिन १ सेट, सुपारी, टायर सिलेन्ट, लेमिनेटेड फ्लोरिंग, कार्पेट, वास बेसिन, थर्मोकोल, पीपी वुल फाइबर, वासिंग मेसिन, कम्प्युटरका पार्टस्, पोस्ता दाना, फिड सप्लिमेन्टलगायतका वस्तुहरु रहेका छन् ।

कार्यालयकाअनुसार गोप्य सिलबन्दी दरभाउपत्रको माध्यमबाट लिलाम बिक्री गरिने भएकाले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाले आगामी १५ दिनभित्रमा सिलबन्दी दरभाउ पत्र पेश गर्न आह्वान गरिएको छ ।


क्लिकमान्डु