हुलाक सेवाका १६३६ दरबन्दी खारेज, अब एक पालिका एक हुलाक मात्रै रहने



काठमाडौं । सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यो निर्णय खारेजसँगै अब देशैभरका अतिरिक्त हुलाका कार्यालय पनि नहुने भएका छन ।

अतिरिक्त हुलाकको विकल्पमा सरकारले एक पालिका एक हुलाक स्थापना गर्ने भएको छ । सरकारले चालू आवको बजेटबाटै सम्बोधन गरेको अतिरिक्त हुलालकका १० हजार कर्मचारीलाई पनि उचित ढंगले व्यवस्थापनको लागि मोडालिटी बनाइरहेको छ बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको

संगठन संरचना परिवर्तन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन् । उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको उल्लेख गरिन् ।

उनले एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने निर्णय भएको छ । जसमा केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका एक पालिका एक हुलाक सरकारको नीतिलाई कार्यान्वयन गर्ने पनि बताइन् ।


क्लिकमान्डु