पाकिस्तानमा चुनाव अघि भएको बम बिस्फोटमा १२ जनाको मृत्यु



काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्र बलुचिस्तानमा भएको बम बिस्फोटमा १२ जनाको निधन भएको छ ।
बिधीबार पाकिस्तानमा चुनाव हुँदै छ ।

उक्त चुनावको पूर्व सन्ध्यामा भएको बम बिस्फोटले सुरक्षा चुनौती उत्पन्न गराएको पाकिस्तानी सुरक्षा निकायले जनाएका छन् ।

बलुचिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालयको नजिकै बम बिस्फोट भएको थियो । उक्त बिस्फोटमा १२ जनाले ज्यान गुमाएको र घाइतेको संख्या भने खुल्न बाँकी रहेको जनाइएको छ । बम बिस्फोट एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै भएको थियो ।

पाकिस्तानमा यसअघिको चुनावका विजेता इमरान खान जेलमा भइरहँदा चुनाव हुन लागेको छ । सैनिक शक्तिहरुको उदयकाबीच पाकिस्तानमा अहिले चुनाव हुन लागेको हो ।

आर्थिक रुपमा निकै संकटग्रस्त समयबाट गुज्रिरहेको पाकिस्तानमा चुनावका लागि अहिले अर्बौं खर्च भइरहेकोमा विभिन्न रुपमा आलोचना पनि भइरहेको छ ।

बम बिस्फोटको घटना भएसँगै सरकारी निकायले मतदान केन्द्रहरुमा सुरक्षा बढाएको रोयटर्सले जनाएको छ ।


क्लिकमान्डु