मित्रमिलन सहकारी ठगी प्रकरण: पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ



काठमाडौं । सहकारी ठगीको आरोपमा एक सहप्राध्यापक पक्राउ परेका छन् । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पोखराको मालेपाटन घरभएका भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ । भण्डारीलाई आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

मित्रमिलन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि सहप्राध्यापक भण्डारी साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका लागि जेल चलान हुने तय हुने छ ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।


क्लिकमान्डु