सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु