सहकारीमा देखिएको चरम निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताए । उनले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने बताए । उनले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसदमा पेश गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने बताए ।

उनले भने,‘जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएका छौं । बाँकी सरकारमा निर्भर गर्छ । सरकारले अघिल्लो अधिवेशनमा जस्तो बिजनेश नदिने जस्तो काम नगरोस् । जनताप्रति उत्तरदायी सदन भएको हुनाले जनतासँग मात्रै उत्तरदायी बनोस् । यसलाई सत्ता टिकाउने,सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि होइन । जनताप्रति उत्तरदायी भएर कानून बनाउने र खराब कानूनको बेथिति छ । खराब कानूनलाई ठिक गर्न सकिएन भने अगाडि बढ्न सकिँदैन भन्ने सोचेर त्यसमा खबरदारी गर्ने गरी संसदमा रासपा तयारीका साथ आएको छ । आवश्यकता भन्दा बाहिरका कानूनहरु संसदमा ल्याउने भनिएको छ । ४० कानून आवश्यक भनिएको छ । त्यसमा सम्पती शुद्धिकरणका कुराहरु छन् । वित्तीय संस्थाहरुमा देखिएको चरम एउटा निराशाको अवस्थामा बैंक सहकारी लगायतमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्छ कि पदैनन् । यस्ता विषयहरु सरकारको प्राथमिकतामा परोस् ।’


क्लिकमान्डु