रेडमी नोट १३ सिरिजको ३ वटा मोडेल नेपालमा सार्वजनिक, मूल्य कति ?



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार कार्यक्रम आयोजना गर्दै शाओमीले रेडमी नोट १३ सिरिज अन्तर्गत रेडमी नोट १३ प्रो + फाइभ जी, रेडमी नोट १३ प्रो, रेडमी नोट १३ सार्वजनिक गरेको हो ।

तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको दाबी छ । रेडमी १३ सिरिजमार्फत् नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकहरुलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको बताए । उनकाअनुसार उच्च–गुणस्तरको प्रविधि प्रदान गर्ने उद्देश्यका साथ सार्वजनिक गरेको नयाँ मोडेलका स्मार्टफोन ग्राहकहरुले मन पराउने दाबी गरेका छन् ।

के छ विशेषता ?

रेडमी नोट १३ प्रो + फाइभ जी

स्टाइलिश डिजाइन भएको रेडमी नोट १३ प्रो + फाइभ जि को मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८x१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेडमी नोट १३ प्रो + फाइभ जि स्टाइलिश र टिकाउ हुने कम्पनीले जनाएको छ ।

रेडमी नोट १३ प्रो + फाइभ जिमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी + २५६ जिबी र १२ जिबी + ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरुलाई आफ्नो फाईलहरु राख्न सहजता हुनेछ । मोबाइलमा २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन् । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टम छ ।

मोबाइलको ५ हजार एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सम्नेछन् । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कृन फिङगर प्रिन्ट पनि उपलब्ध छ ।

रेडमी नोट १३ प्रो

७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेडमी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००x१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ । साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

मिडिया टेक हेलियो अल्ट्रा सहित आउने रेडमी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ। स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी + २५६ जिबी वा १२ जिबी + ५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ ।

मोबाइलको क्यामेरा २०० मेगापिक्सेलको हुनेछ । जसमा ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ । यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्टेटहरू हुनेछ ।

मोबाइलमा ५ हजार एमएच ब्याट्री हुनेछ । साथै, ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ ।

रेडमी नोट १३

रेडमी नोड १३ मोबाइल ७९७ स्लिम र १८८.५ ग्रामको तौलको रहेको छ । ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८x१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव लिन सक्नेछन् । साथै, रेडमी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ ।

स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेडमी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी यम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । रेडमी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेरा हुनेछ ।

५ हजार एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर हुनेछ । साथै, डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

यस्तो छ मूल्य ?

कम्पनीले ८ रेडमी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरको (६ / १२८ जीबी)को मूल्य २४ हजार ९९९ रुपैयाँ र (८/२५६) जीबीको २७ हजार ९९९ रुपैयाँ मूल्य तोकेको छ ।

त्यस्तै, रेडमी नोट १३ किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ १ हजार ६९९ रुपैयाँमा खरिद गर्न पाउनेछन् । ८ रेडमी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलर उपलब्ध छन् । जसमा (८/२५६ जीबी)को मूल्य ३४ हजार ९९९ र (१२ / ५१२ जीबी)को ३९ हजार ९९९ रुपैयाँ मूल्य तोकेको छ ।

रेडमी नोट १३ प्रो किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ १ हजार ६९९ अफरमा वा ५ हजार ६९९ मूल्यको रेडमी वाच ३ एक्टीभ ३ हजार ४९९ रुपैयाँ अफरमा पाउन सक्नेछन् ।

यस्तै, ८ रेडमी नोट १३ प्रो + फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरको (८/२५६ जीबी)को ४७ हजार ९९९ र (१२ / ५१२ जीबी) ५२ हजार ९९९ रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु