उद्योगी चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो



काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीन जनालाई अदालत लगिएको छ ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी, बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबागका सञ्चालक सन्जय ठाकुरविरुद्ध थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थपका लागि सोमबार(आज) अदालत लगिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तीन जनालाई माघ १८ गते पक्राउ गरेको थियो । उनीहरुमाथिको अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद दिएको थियो । ४ दिनको म्याद आइतबार सकिएपछि सीआईबीले दोस्रो पटक म्याद थपका लागि अदातल गरेको हो ।

पक्राउ परेका चौधरी र थापाको स्वास्थ्यमा समस्या देखिएपछि पक्राउ परेकै दिन चिरायु अस्पताल लगिएको थियो । चिरायुबाट रेफर भएका उनीहरुलाई अहिले टोखास्थित ग्राण्डी अस्पतालमा राखिएको छ । ठाकुर भने सीआईबीकै हिरासतमा छन् ।
उनीमाथि ठगी र किर्तेमा मुद्दा चलाउने सीआईबीको तयारी छ ।


क्लिकमान्डु