हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । आइतबार बसेको सञ्चालक समितिको २८ औँ बैठकले अग्रवाललाई अध्यक्षको रुपमा चयन गरेको हो ।

जगदम्बा होल्डिङका अध्यक्ष तथा शंकर समूहका उपाध्यक्ष रहेका अग्रवालको हिमालयन लाइफ इन्स्योरेन्समा १२.६३ प्रतिशत संस्थापक सेयर छ ।

उनी कम्पनीको सबैभन्दा धेरै लगानी गर्ने दोस्रो सेयरधनी हुन् । पहिलोमा साहिल अग्रवाल र शेखर गोल्छा छन् । यी दुवैको कम्पनीमा १३.९५ प्रतिशतका दरले सेयर लगानी छ ।


क्लिकमान्डु