सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोल १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु