सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सेयरधनीलाई लाभांश दिने



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश(करसहित) घोषणा गरेको छ ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।


क्लिकमान्डु